फुल मेकअपका कारण रानु बनिन् सामाजिक सञ्जालमा ट्रोल

Newslaya Home

फुल मेकअपका कारण रानु बनिन् सामाजिक सञ्जालमा ट्रोल

आइतबार ०१, मङि्सर २०७६

मुम्बई । भारतको रेलवे स्टेशनमा गायिका लता मंगेश्करको ‘प्यारका एक नगमा हे’ बोलको गीत गाएर चर्चामा आएकी रानु मण्डल सामाजिक सञ्जालमा ट्रोल बनेकी छिन् ।

हालै एक इभेन्टका दौरान फुल मेकअपमा देखिएकी रानुको तस्विर सामाजिक सञ्जालमा भाइरल भएको छ । मेकअपको कारण उनी सामाजिक सञ्जालमा मजाकको पात्र बनेकी छिन् । उनको तस्विरलाई लिएर सामाजिक सञ्जालमा थुप्रै ट्रोलहरु बनिरहेका छन् ।

त्यसो त रानु ससानो कुराले पनि विवादमा फस्ने गरेकी छिन् । केही दिन अघि उनले आफ्ना फ्यानलाई गाली गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै विवादमा फसेकी थिइन् ।

रानुलाई गायक हिमेश रेशमियाले केही समयअघि चलचित्रको गीत गाउने मौका दिएका थिए । चलचित्रको गीत गाएसँगै उनको चर्चा अझ चुलिएको थियो ।