भोजपुरको माईवेणी भ्यालि रिसोट संचालनमा

Newslaya Home

भोजपुरको माईवेणी भ्यालि रिसोट संचालनमा

आइतबार ०१, मङि्सर २०७६

घोरेटार । भोजपुरको हसनपुर स्थित माईवेणी भ्यालि रिसोट संचालनमा आएको छ ।

पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यकटको चहल पहल सुरु भएसंगै हतुवागढी गाउँपालिका–९ हसनपुरमा पर्ने माईवेणी भ्यालि रिसोट संचालन ल्याईएको हो ।

स्थानिय उत्पादन लाई बढी प्राथमिकतामा राखेर आर्गनिक स्वाद र स्थानिय स्तरमा रोजगारी सिर्जना गर्न करिब ५५ लाख लगानीमा माईवेणी भ्यालि रिसोट संचालनमा ल्याईएको संचालक अशोक राईले बताए ।

सप्तकोशीको जलयात्रा (पानीबोट) मार्फत आउने पर्यटकको माग र आवश्यकतालाई ध्यान दिएर रिसोट संचालन गरिएको राईले जानकारी दिए ।