आईस मिस पूर्वाञ्चलको दसौँ संस्करण मङ्सिर ४ मा हुँदै

Newslaya Home

आईस मिस पूर्वाञ्चलको दसौँ संस्करण मङ्सिर ४ मा हुँदै

आइतबार ०१, मङि्सर २०७६

धरान । नेपाल आईस मिस पूर्वाञ्चलको दसौँ संस्करणको पहिलो अडिशन हुने भएको छ ।

आगामी मङ्सिर ४ गते पूर्वको पुरानो तथा सबैभन्दा ठुलो सौन्दर्य प्रतियोगिताको रूपमा स्थापित आईस मिस पूर्वाञ्चल प्रतियोगिता धरानको फ्रेण्डस गार्डेनमा हुने भएको हो ।

बिगत ९ बर्ष देखि सिल्भर इन्टरटेनमेन्टको आयोजनामा संचालन भैरहेको उक्त प्रतियोगितामा १२ कक्षा पढ्दै गरेका पुर्बी नेपालका युवतीहरुलाई सहभागी गराइने भएको छ । अनलाइन तथा एस एम एस बाट फर्म भरेका तथा अन्य इच्छुकहरुलाइ पनि निशुल्क अडिशनमा सहभागी गराइने उक्त प्रतियोगिता सिजी ब्रुअरीको प्रायोजनमा सञ्चालन गर्न लागिएको हो ।

अडिशन अघि धरान , इटहरी लगायतको बिभिन्न कलेजहरुमा मिस पुर्वान्चलको कलेज एक्टिभेशन कार्यक्रम आयोजना गरिने छ । भने मिस पथरी २०१९ बिजेता रिजु भट्टराई र मिस इटहरी ब्युटी आईकन २०१९ कि बिजेता प्रेजिना नेपाललाई बिना अडिशन मिस पुर्वान्चल २०१९ मा सहभागी गराइने भएको आयोजकले जनाएको छ ।

बिजेताले रु दुइ लाख या स्कुटी , फर्स्ट रनर अपले रु एक लाख र सेकेन्ड रनरअप ले रु पचास हजार राशी को पुरस्कार पाउनेछन् भने सब–टाइटल बिजेताले रु १५ हजार पुरस्कार स्वरुप प्रदान गरिने आयोजकले जनाएको छ ।