श्रीलंकाका नयाँ राष्ट्रपति बने गोतवया राजापाक्ष

Newslaya Home

श्रीलंकाका नयाँ राष्ट्रपति बने गोतवया राजापाक्ष

आइतबार ०१, मङि्सर २०७६

काठमाण्डौ । श्रीलंकाको आठौं राष्ट्रपतीय निर्वाचनमा गोतबया राजापाक्षले जीत हासिल गरेका छन् । उनी पूर्वराष्ट्रपति महिन्द्रा राजापाक्षका भाई हुन् ।

वर्तमान सरकारमा आवास मन्त्री रहेका सजिथ प्रेमदासाले एक वक्तव्य जारी गर्दै आफ्नो हार स्वीकार गरेका छन् । प्रेमदासाले ‘जनताको निर्णयलाई सम्मान’ गर्ने वक्तव्यमा बताएका छन् ।

तमिल विद्रोहीहरुसँग गृहयुद्ध चरम अवस्थामा हुँदा गोतबया रक्षा सचिवको महत्वपूर्ण जिम्मेवारीमा थिए । त्यस समय उनका दाई महिन्द्रा राजापाक्षे भने राष्ट्रपति थिए । अल्पसंख्यक तमिल र मुसलमान समुदायमा भने गोतबयाको उग्र–वौद्ध राष्ट्रवादले गर्दा कठिनाई हुने होकि भन्ने चिन्ता व्याप्त रहेको विश्लेषकहरुले बताएका छन् ।

गोतबया राजापाक्षेले चुनावी प्रचारको समयमा आफ्नो शासनमा राष्ट्रिय सुरक्षालाई जोड दिने बताएका थिए । गोतबयाले चुनावी ¥यालीको क्रममा आफ्ना दाई महिन्द्रा राजापाक्षेलाई प्रधानमन्त्री चुन्ने वाचा गरेका थिए ।