बङ्गलादेशमा ग्यास पाइपलाइन पड्किदा सात जनाको मृत्यु

Newslaya Home

बङ्गलादेशमा ग्यास पाइपलाइन पड्किदा सात जनाको मृत्यु

आइतबार ०१, मङि्सर २०७६

काठमाण्डौ । बङ्गलादेशमा ग्यास पाइपलाइन पड्किदा कम्तिमा सात जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन् ।

चित्तगोङ जिल्लाको पथरघाटा क्षेत्रमा आइतबार बिहान भएको बिस्फोटमा नजिकै रहेको भवनको पर्खाल भत्किएको स्थानीय प्रहरी प्रमुखले जानकारी दिएका छन् । मोहम्मद मोहसिनले जानकारी दिए । पर्खाल सडकमा हिडिरहेका मानिसमाथि लडेको थियो।

बिस्फोटको कारण तत्काल खुलिनसकेको बताइएको छ। बिस्फोटन क्षेत्र अगाडि मानिसहरु र तीन पाङ्ग्रे रिक्सा व्यस्त रहने सडक रहेको जनाइएको छ।
चित्तगोङ राजधानी ढाकाबाट २१६ किलोमिटर दक्षिणपूर्व पर्छ।