जापानमा महिला कामदारलाई चस्मा लगाउन प्रतिबन्ध लगाइएपछि चर्को आलोचना

Newslaya Home

जापानमा महिला कामदारलाई चस्मा लगाउन प्रतिबन्ध लगाइएपछि चर्को आलोचना

आइतबार ०१, मङि्सर २०७६

बिबिसि । जापानमा महिलाहरूलाई काममा आउँदा चस्मा नलगाउन भनिएका विवरणहरू प्रकाशित भएपछि नयाँ बहस सुरु भएको छ । स्थानीय समाचार माध्यममा केही कम्पनीहरूले विभिन्न कारण देखाउँदै महिलाहरूलाई चस्मा लगाउन प्रतिबन्ध लगाएको बताएका छन् ।

खुद्रा सामान बेच्ने पसहहरूले चस्मा लगाउने सहयोगीहरूबाट ग्राहकलाई चिसो भाव प्रकट हुने बताएका थिए ।

जापानका सामाजिक सञ्जालहरूमा पोशाक र कार्यक्षेत्रमा महिलाहरूबारे तीव्र बहस ल्याएको छ ।

निप्पन टीभी नेटवर्क र बीजनेश इनसाइडरले यसबारे रिपोर्ट गरेका थिए जसमा कैयौँ कम्पनीहरूमा कसरी महिलाहरूलाई चस्मा लगाउन प्रतिबन्ध लगाइएको छ भन्ने देखाएका थिए ।

त्यसमा विमान कम्पनीले सुरक्षाको कारण देखाएको र सौन्दर्य क्षेत्रमा काम गर्नेहरूले सौन्दर्य सामग्री प्रयोग गरेको प्रष्ट देख्न नसकिने कारण रहेको देखाइएको थियो ।

तथाकथित प्रतिबन्ध कम्पनीको नीतिमा आधारित थिए वा थिएनन् भन्ने स्पष्ट छैन । तर यो विषयले सामाजिक सञ्जालमा चर्को विवाद निम्त्याएको छ ।

चश्मामा प्रतिबन्ध अर्थात #glassesareforbidden भन्ने ह्याशट्याग सामाजिक सञ्जालमा चलेका छन् । क्योयो विश्वविद्यालयको प्राध्यापक कुमिको नेमोटोले जापानमा पुराना भइसकेका नीतिहरूमाथि प्रतिक्रिया व्यक्त भइरहेको बताइन् ।

उनले भनिन्, ‘महिलाहरूले किन चस्मा लगाउन हुँदैन भन्ने कुराले कुनै अर्थ राख्दैन । यो सबै लिङ्गसँग सम्बन्धित छ र यो भेदभावपूर्ण छ ।’

प्राध्यापक नेमोटोले भनिन्, ‘रिपोर्टहरूले जापानको पुरानो र परम्परागत सोचाइ प्रतिविम्बित गरेको छ । यसले महिलाहरूले कसरी काम गर्छन् भन्नेमा होइन कि महिला कस्ता देखिन्छन् भन्नेमा ध्यान दिने गरेको देखायो ।’

हालै जापानमा कार्यस्थलमा अग्ला जुत्तन लगाउनेबारे पनि त्यस्तै बहस भएको थियो । लेखक तथा नायिका युमी इशिकावाले पोशाक तोक्न जापानले बन्द गर्नुपर्ने भन्दै जापान सरकारमा निवेदन दर्ता गरेकी थिइन् ।

त्यो अभियानले निकै समर्थन पाएको थियो र सामाजिक सञ्जालमा पनि यसबारे व्यापक छलफल भएको थियो ।

एक जना जापानी मन्त्रीले कम्पनीहरूले पोशाक निर्धारण गर्नु ठीक भनेपछि समर्थकहरू आक्रोशित बनेका थिए ।