टेलिकम र इन्टरनेटका तार भूमिगत हुँदै

Newslaya Home

टेलिकम र इन्टरनेटका तार भूमिगत हुँदै

आइतबार ०१, मङि्सर २०७६

काठमाडौं । काठमाडौं उपत्यकामा बिजुलीका पोलमा देखिने इन्टरनेट र टेलिफोनका तार भूमिगत हुने भएका छन् । कार्तिक पहिलो साता नै सरकाले काठमाडौं उपत्यका भित्र तार भूमिगत गर्न नेपाल दुरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो ।

सोही निर्देशनअनुसार नेपाल टेलिकम मार्फत सबै कम्पनीका तार भूमिगत गराउने आवश्यक अध्ययन भएको र यसको जिम्मेवारी टेलिकमलाई नै दिन लागिएको प्राधिकरणका प्रवक्ता मीन प्रसाद अर्यालले जानकारी दिएका छन् ।