नाइटक्लबमा रक्सी खाएर मातेपछि विमल र अन्जनसहित चार फुटबलर राष्ट्रिय टिमबाट आउट

Newslaya Home

नाइटक्लबमा रक्सी खाएर मातेपछि विमल र अन्जनसहित चार फुटबलर राष्ट्रिय टिमबाट आउट

शनिबार ३०, कार्तिक २०७६

काठमाडौं । विमल घर्तीमगर र अञ्जन विष्टसहित चार खेलाडीलाई राष्ट्रिय फुटबल टिमबाट हटाइएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा०ले उनीहरुसँगै दिनेश राजवंशी र सन्तोष तामाङलाई कारबाही गरेको हो ।

विश्वकप छनोटको दोस्रो चरण अन्तरगत कुवेतविरुद्ध खेल्ने टोलीमा परेका खेलाडीहरु भुटान जानु अघिल्लो रात शुक्रबार राति ठमेलको नाइट क्लबमा पुगेका थिए ।

अनुशासन उल्लंघन गरेका उनीहरुलाई तत्काल टिमबाट निकालिएको र थप कारबाही बारे एन्फाको आगामी बैठकले निर्णय लिने प्रवक्ता किरण राईले बताए । नाइट क्लबमा उनीहरुले रक्सी खाएको भेटिएको छ ।

नेपालले मंसिर ३ गते कुवेतविरुद्ध खेल्दैछ ।

तर चार खेलाडी टिमबाट निकालिँदा कुवेतविरुद्ध हुने खेल समेत प्रभावित हुनेछ । किनकी कारबाहीमा परेका चारै खेलाडी नेपाली टोलीको पहिलो रोजाईका सदस्यहरु हुन् ।