भारतले अतिक्रमण गरेको भूमिमा पुग्यो अनेरास्ववियु, राष्ट्रिय झण्डा फहराउँदा एसएसबीसँग झडप

Newslaya Home

भारतले अतिक्रमण गरेको भूमिमा पुग्यो अनेरास्ववियु, राष्ट्रिय झण्डा फहराउँदा एसएसबीसँग झडप

शनिबार ३०, कार्तिक २०७६

इलाम । भारतद्वारा अतिक्रमित भूमिमा झण्डा फहराउन गएका अनेरास्ववियु इलामका नेता तथा कार्यकर्ता र भारतीय सीमा सुरक्षा बल एसएसबी बिच सामान्य झडप भएको छ ।

इलामको सन्दकपुरमा राष्ट्रिय झण्डा फहराउन अखिलका केन्द्रीय सदस्य रविन्द्र सुवेदीको नेतृत्वमा गएको अखिलको टोलीसँग एसएसबीको घम्साघम्सी परेको हो । करिब ४० जनाको संख्यामा इलाम सदरमुकामबाट टोली पुगेको थियो । सुरुमा एक जना एसएसबी रहेकोमा पछि धेरै जना समुहमा आएको र ढुंगामुढा भएको सुवेदीले बताए ।

सन्दकपुर गाउँपालिका वडा नं. ४ मा भारतले अतिक्रमण गरेको भूमिमा अनेरास्ववियु इलाम जिल्ला कमिटीका नेता तथा कार्यकर्ताले नेपालको राष्ट्रिय झण्डा फहराएका छन् ।

केही समय अगाडि गाउँपालिकाले निर्माण सुरू गरेको भ्यु टावरलाइ निर्माण अवरूध्द गरि भारतले कव्जा गरेको थियो । सँगै प्रवेश निषेधको बोर्ड नै राखेपछि असह्य भएको सुवेदीले बताए । अनेरास्ववियुका विधार्थीले भारतद्वारा निषेधित क्षेत्र भनेर लेखिएको बोर्डसमेत फालिदिएको उनले बताए ।