सडक विभागले गर्ने मर्मतमा प्रदेश सरकारको बजेट, धरानको राजमार्गलाई तीन करोड

Newslaya Home

सडक विभागले गर्ने मर्मतमा प्रदेश सरकारको बजेट, धरानको राजमार्गलाई तीन करोड

शुक्रबार २९, कार्तिक २०७६

धरान । कोसी राजमार्ग अन्तर्गत धरानको भोटेपुलमा परेका खाल्डाखुल्डीहरु मर्मत गर्न प्रदेश सरकारले बजेट छुट्याएको छ । सडक मर्मतको लागि प्रदेश सरकारले २ करोड ९० लाख रुपैया बजेट विनियोजन गरेएको सभामुख प्रदिपकुमार भण्डारीले जानकारी दिएका छन् ।

राजमार्ग मर्मत गर्ने काम सडक विभागको हो । तर, सडक विभागले काम नगरेपछि प्रदेश सरकारले दबाब दिएको थियो । जनताले सास्ती खेप्न परेकाले तत्काललाई मर्मतका लागि प्रदेश सरकारले बजेटको व्यवस्था गरेको हो ।