सन्दीपले आईपीएल २०२० दिल्लीबाट खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप लामिछानेले आईपीएल २०२० दिल्लीबाट खेल्ने भएका छन् । दिल्ली क्यापिटलले शुक्रबार सार्वजनिक गरेको टिममा सन्दीप पर्न सफल भएका हुन् । सन्दीपसँगै कागिसो राबाडा र केमो पल मात्र विदेशी खेलाडी छन् । बाँकी ११ जना सबै भारतीय खेलाडी छन् ।
सन्दीपले सन् २०१८ मा दिल्ली डेयरडेभिल्स (अहिले दिल्ली क्यापिटल) बाट आईपीएलमा डेब्यू गरेका थिए । उनलाई २० लाख भारुमा दिल्लीले खरिद गरेको थियो, जुन आईपीएलको न्यूनतम मूल्य हो । सन् २०१९ को आईपीएलमा दिल्लीले उनलाई रिटेन गर्यो । त्यसैले सन्दीपको मूल्य यथावत् रह्यो ।
त्यसबेला नै दिल्लीले सन्दीपसँग तीन वर्षको सम्झौता गरेको थियो, त्यसैले यो वर्ष पनि रिटेन गरेको हो ।