उद्योग दिवसको अवसरमा निवन्ध प्रतियोगिता गरिने

Newslaya Home

उद्योग दिवसको अवसरमा निवन्ध प्रतियोगिता गरिने

शुक्रबार २९, कार्तिक २०७६

धनकुटा । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाले उद्योग दिवसको अवसरमा निवन्ध प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

जिल्लामा संचालित हरेक क्याम्पसबाट सहभागी हुने गरि आगामी मंसिर गते ९ गते उद्योग दिवसको अवसरमा खुल्ला निवन्ध प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

‘आत्मनिर्भर अर्थतन्त्रतका लागि घरेलु उद्योगको भूमिका’ शिर्षकमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरु मध्येबाट प्राप्त ४ सय शब्दको उत्कृष्ट २ निवन्ध जिल्ला स्तरमा मुल्यांकनको लागि छनौंट गरि तीन उत्कृष्ट निवन्धलाई पुरस्कृत गरिने भएको छ ।

प्रतियोगितामा पहिलो हुने उत्कृष्ट निवन्धलाई नगद ५ हजार, द्वितियलाई ३ हजार र तृतियलाई २ हजार र प्रमाणपत्र प्रदान गरिने कार्यालयका निमित्त उद्योग प्रमुख दिनेश ढुंगानाले बताए ।