यातायात व्यवस्थाका शाखा अधिकृतसहित चार जना पक्राउ

Newslaya Home

यातायात व्यवस्थाका शाखा अधिकृतसहित चार जना पक्राउ

शुक्रबार २९, कार्तिक २०७६

काठमाडौं । यातायात व्यवस्था कार्यालय काठमाडौँका शाखा अधिकृतसहित चार जनालाई घुस लिएको आरोपमा पक्राउ गरिएको छ ।

मोटरसाइकल पास गर्नका लागि आएका विभिन्न रिकन्डिसन हाउसका प्रतिनिधिमार्फत रु तीन हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।

बुधबार पक्राउ परेका शाखा अधिकृत शुक्रप्रसाद भट्टराई र घुस दिने रिकन्डिसन हाउसका किरण देउला, उत्तम विक्रम शाही, रमेशकुमार केसी र सुरेश छुस्याकीलाई आज (शुक्रबार) सार्वजनिक गरिएको छ ।