झापामा स्ट्रबेरीको व्यावसायिक खेती गरिँदै

Newslaya Home

झापामा स्ट्रबेरीको व्यावसायिक खेती गरिँदै

शुक्रबार २९, कार्तिक २०७६

भद्रपुर । झापाको बाह्दशी गाउँपालिका–१ स्थित ३० बिघा जमीनमा स्ट्रबेरी खेती सुरु गरिएको छ ।

परीक्षणका लागि गत वर्ष चार कठ्ठा जमीनमा गरिएको सो खेती आर्थिक वर्षमा ३० बिघा जमीनमा गर्न लागिएको हो ।

चिसो र उच्च क्षेत्रमा मात्र हुने भनिएको स्ट्रबेरी भारतको कलकत्ताबाट बिरुवा ल्याएर धमाधम रोप्न थालिएको प्रालिका स्रोत व्यवस्थापन प्रमुख रामशरण तिम्सिनाले बताए ।
१० करोडभन्दा बढीको लगानीमा शुरु गरिएको स्ट्रबेरीको प्रतिकिलोग्राम ८०० देखि एक हजारसम्म बजार मूल्य रहेको छ ।

दुई महिनादेखि नै फल्न थाल्ने र चार महिनासम्म रहने भएकाले यसको बजारका लागि समस्या नहुने यस खेतीमा हाल १०० भन्दा बढीले रोजगारी पाएका छन् । मौसमी खेतीका रूपमा लगाइने स्ट्रबेरीको व्यावसायिक खेती गर्नका लागि स्वीट सेन्सेसन, स्वरीडा ब्यूटी, क्यामारुजा र नामिलिया नामक जातका स्ट्रबेरीका बिरुवा पनि लगाइएको प्रमुख तिम्सिनाले बताए ।