चीनको एक आवासीय भवनमा आगलागी, पाँच जनाको मृत्यु

Newslaya Home

चीनको एक आवासीय भवनमा आगलागी, पाँच जनाको मृत्यु

शुक्रबार २९, कार्तिक २०७६

एजेन्सी । चीनको पूर्वी क्षेत्र आन्हुइ प्रान्तमा अवस्थित एक भवनमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान भएको आगलागीमा आवासीय भवनको पहिलो तल्लाका पसलहरू जल्नुको साथै दोस्रो र भुईको तल्लाको केही भागहरूमा आगो फैलिएको हो ।

१ सय ५० वर्ग मिटरसम्म फैलिएको आगलागीमा परी पाँच व्यक्तिको मृत्यु भएको छ भने अन्य तीन घाइते भएको स्थानीय स्रोतले जनाएको छ ।
घाइते मध्ये एक जनाको अति सघन कक्ष (आइसियु) मा राखेर उपचार भईरहेको र सामान्य रुपमा घाइते भएका दुई जना उपचारपछि घर फकिएको जनाइएको छ ।