मोरङमा हात्तीले चार घर भत्कायो

Newslaya Home

मोरङमा हात्तीले चार घर भत्कायो

शुक्रबार २९, कार्तिक २०७६

मोरङ । मोरङको उर्लावारीमा हात्तीले चार वटा घर भत्काएको छ । बिहीबार राती उर्लावारी नगरपालिका–४ सिसौलीस्थित मेघराज थापा, यामबहादुर धिमाल, रीता विक र कविता विकको घर हात्तीले भत्काएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।

सिसौली नजिकै चारकोशे झाडीबाट रातीको समय तीनवटा हात्तीले गाँउपसेर आतंक मच्चाएको प्रहरी जनाएको छ । सो क्रममा हात्तीले भत्किएका घरमा रहेको अन्नपात, चामल, धान खाएको पीडितहरुले बताएका छन्।

रातको १२ बजे गाँउ पसेको हात्तीले जस्तापाता र बासको टाँटीले घरेर बनाइएको एक तल्ले घर भत्काएको पीडितहरुले बताए । जनपथ, सशस्त्र प्रहरी र स्थानीय मिलेर ती तीनवटै हात्तीलाई गाँउबाट लखेटेको जनाइएको छ ।