'इटहरी र तरहराको सडक उत्रै हो, बजार हल्ला गलत हो': सडक आयोजना इन्जिनियर

Newslaya Home

'इटहरी र तरहराको सडक उत्रै हो, बजार हल्ला गलत हो': सडक आयोजना इन्जिनियर

शुक्रबार २९, कार्तिक २०७६

इटहरी । इटहरीमा निर्माणाधिन रानी-तरहरा राजमार्ग मापदण्ड अनुसार नै निर्माण भएको सडक निर्माण आयोजनाले जानकारी दिएको छ ।

आज इटहरीमा नागरिक समाजको आयोजनामा भएको अन्तर्कृया कार्यक्रममा बोल्दै आयोजना इन्जिनियर रमेशकुमार गोइतले ६७ सालमा बनेको डिपिआर अनुसार नै निर्माण भएको जानकारी बताए ।

उनले तरहरा र इटहरीको राजमार्गको चौडाई फरक नरहेको जिकिर गरे ।

'४० मिटर फराकिलो सडक बनिरहेको हो,' उनले भने, 'इटहरी चोक र तरहराको चौडाईमा कुनै घटिबढी छैन ।'

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नगर सभापती हेमकर्ण पौडेलले कांग्रेस राजमार्ग विस्तारको बाधक भएको भन्ने कुरा निराधार भएको बताए । उनले सडक भत्काउने काम राजनीतिक दलको भन्दा पनि सडक आयोजना र नगरपालिकाको भएको बताए ।

1 प्रतिकृयाहरू प्राप्त
  • Durga bahadur adhikariलेख्नुहुन्छ
  • |
  • शुक्रबार २९, कार्तिक २०७६
Hijo gunda gardhi garera ayeka haru neta vaye paxi bikash ko barema keha sochxan ta hau keha bata paisa auxa tetai lagxan........aru lai arop lagayo afu panxiyo.........itahari keha janta le itahari keha neta bhanaudha haru lai ramro saga chinna jarure xa.