‘बाला’को ६ दिनको कमाई कति ?

Newslaya Home

‘बाला’को ६ दिनको कमाई कति ?

शुक्रबार २९, कार्तिक २०७६

काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको आयुष्मान खुराना अभिनित चलचित्र ‘बाला’ले छैटौं दिन पार गरेको छ । दर्शकहरुको राम्रो प्रतिक्रिया पाएको यस चलचित्रले छैटौं दिनसम्म भारतमा मात्र ६६ करोडको व्यापार गरेको बलिउडका ट्रेड एनालिस्ट तरण आदर्शले उल्लेख गरेका छन् ।

चलचित्रले पहिलो दिन १०.१५ करोड कमाई गरेको थियो भने बुधबारसम्म आइपुग्दा क्रमश, शनिबार १५.७३, आइतबार १८.७, सोमबार ८.२६, मंगलबार ९.५२ र बुधबार ५.२० करोडको ग्रस कलेक्शन गरेको थियो ।

यता चलचित्रले विश्वव्यापी कलेक्शन भने ९४ करोड पुर्याएको छ । अमर कौशीकको निर्देशनमा बनेको यस चलचित्रमा आयुष्मानका अलावा भूमी पेडेनकर, यामी गौतम लगायतको अभिनय रहेको छ ।