दीपकराज गिरी किन झोँक्किए ?

Newslaya Home

दीपकराज गिरी किन झोँक्किए ?

बिहीबार २८, कार्तिक २०७६

काठमाडौं । चलचित्र ‘छ माया छपक्कै’का लेखक तथा कलाकार दीपकराज गिरीले सामाजिक सञ्जाल मार्फत आक्रोश व्यक्त गरेका छन् ।

उनले सञ्जाल मार्फत नै विदेशी चलचित्र बेचेर दालभात खाई नेपाली चलचित्रकर्मीलाई तर्साउन खोज्नेहरु विरुद्ध सशक्त भएर अगाडि बढ्ने बताएका हुन् ।

दिपकले विदेशी चलचित्रलाई प्रतिवन्ध होइन कोटा लगाउने संचारमन्त्रीको भनाइलाई पनि स्वागत गरेको उल्लेख गर्दै सामाजिक संजालमा लेखेका छन् –‘भारतबाट हिन्दी चलचित्र किनेर ल्याएर नेपाली चलचित्रलाई कम शो दिन हलहरुलाई दबाब श्रृजना गर्ने बितरकका कारण हामीले पर्याप्त शोहरु नपाउँदा नपाउँदै पनि ‘छ माया छपक्कै’ यो बर्षकै सबैभन्दा बढी ग्रस कलेक्शन गर्ने चलचित्र भएकोमा खुशी शेयर गर्न चाहन्छौ ।’

असोजको २४ गतेबाट रिलिज भएको चलचित्र ‘छ माया छपक्कै’ले केही मल्टिप्लेक्समा कम शो पाएको थियो । उक्त समयमा विदेशबाट हिन्दी चलचित्र किनेर आफूहरुको चलचित्रलाई कम शो दिन लागिपर्ने वितरक विरुद्ध लाग्ने दीपकको भनाइ रहेको छ ।