यस कारण खानुहोस् दही

Newslaya Home

यस कारण खानुहोस् दही

बिहीबार २८, कार्तिक २०७६

– राति निद्रा नलाग्ने समस्या छ भने दैनिक खानाका साथ एक कचौरा दही सेवन गरौं ।

– दहीको नियमित सेवन शरीरका लागि अमृत समान मानिन्छ । यसले रगतको कमि तथा कमजोरी हटाउँछ । दूधले जब दहीको रुप लिन्छ, यसको सुगर एसिडमा बदलिन्छ ।

– यसबाट पाचनमा मद्दत मिल्छ । भोक कम लाग्ने व्यक्तिहरुलाई दहीले एकदम फाइदा गर्छ ।

– दहीको मोही वा लस्सी बनाएर पिउँदा पेटको गर्मी शान्त हुन्छ । पेटमा गडबडी हुँदा दहीमा विरे नुन हालेर खाँदा पनि फाइदा हुन्छ ।

– दहीको नियमित सेवन गर्दा आन्द्राको रोग तथा पेट सम्वन्धी रोगहरुबाट छुट्कारा मिल्छ ।

– दहीमा मुटुको रोग, उच्च रक्तचाप, तथा गुदाको रोगहरुलाई बिसेक पार्ने गजबको क्षमता हुन्छ । यसले कोलस्ट्रोल बढ्नबाट रोक्छ र मुटुको धड्कनलाई ठीक राख्छ ।

– दहीमा क्याल्सियम अधिक मात्रामा पाइन्छ । यो हड्डीहरुको विकासमा सहायक हुन्छ । साथै, दाँत, ता नङलाई पनि बलियो बनाउँछ ।

– पायल्स रोगबाट पिडित व्यक्तिहरुले दिउँसो भोजनपछि एक गिलास मोही पिउँदा फाइदा मिल्छ ।