सर्वपक्षीय निर्णयमै इटहरीमा खुम्चियो राजमार्ग

Newslaya Home

सर्वपक्षीय निर्णयमै इटहरीमा खुम्चियो राजमार्ग

बिहीबार २८, कार्तिक २०७६

इटहरी । इटहरीको मुख्य चोकमा सडक विस्तार सुरु भएसँगै वादविवाद र आरोप प्रत्यारोप चुलिएको छ ।

५० मिटर हुनुपर्ने सडक ४० मिटरमा खुम्चिएपछि नगरवासीहरुले विरोध जनाएका छन् । घर भत्कनबाट जोगाउन सफल भएकोमा चोकका घरधनीहरु खुसी छन् भने सडक विस्तारबारे निर्णयप्रक्रियामै सहभागि भएको इटहरी उपमहानगरपालिका भने चुपचाप बसेको छ ।

इटहरीको मुख्य चोकमा लामो समयदेखि रोकिएको सडक विस्तारको काम चाडपर्वहरु सकिएसँगै सुरु भएको छ । तर सडक विस्तार कति गर्ने भन्ने निर्णय भने दर्शैं अघि नै भइसकेको थियो । दशैं अघि नै इटहरीका जनप्रतिनिधिहरु सडक विस्तार आयोजना तथा उद्योगीहरुसमेतको सहभागितामा सडक विस्तारको निर्णय भएकोथियो । सोअनुसार चोक उत्तर ब्यारेकसम्म ४० मिटर कायम गरिएको छ । त्यहाँभन्दा उत्तर तरहरासम्म भने ५० मिटर चौडा सडक कायम गरिएकोछ ।

यता इटहरी चोक दक्षिण टेंग्रा खोलासम्म भने सडक झन् साँघुरो हुने भएको छ । त्यहाँसम्म ३२ मिटर चौडा सडक बनाउने निर्णय गरिएको छ ।

सडक साँघुरो भएपछि धेरैले उपमहानगरपालिका र इटहरी चोकमा घर भएका व्यवशायीहरुलाई दोष दिइरहेका छन् । तर सडक विस्तार संघीय सरकारले गर्ने भएकोले आफूहरुको हात नभएको दुवै पक्षको भनाई छ । इटहरी वडा नं. ६ का वडाध्यक्ष दीपक गौतम स्थानीय सरकारको कुनै भुमिका नहुने बताउँछन् । यस्तै व्यवशायी तथा घरधनी रोहित प्रसाई पनि यो काम संघीय सरकारले गर्ने हुँदा स्थानिय सरकार वा स्थानियवासीको इच्छाले नहुने बताउँछन् ।

मुख्य राजमार्ग विस्तार संघीय सरकारको निर्णयअनुसार गरिने भनिएपनि स्थानीय सरकारले सडकको राइट अफ वे (सडकको क्षेत्र) खाली गर्न समन्वय गर्ने गर्छ । सोअनुसार इटहरीको सडक विस्तारको यो निर्णयलाई दशैंअघि नै इटहरी उपमहानगरपालिका र उद्योग वाणिज्य संघका प्रतिनिधिहरुले अन्तीम रुप दिइसकेका थिए ।

सडक साँघुरो बनाएको भन्दै विरोध गर्ने नवराज मैनाली पक्राउ पछि रिहा

इटहरीमा नाम मात्रको ६ लेन, जिम्मेवार निकायहरु नै आरोप प्रत्यारोपमा

1 प्रतिकृयाहरू प्राप्त
  • Ash Basnetलेख्नुहुन्छ
  • |
  • बिहीबार २८, कार्तिक २०७६
Nice article Thanks www.atozking.com www.nayaproperty.com