बन्दी सहायताद्धारा विद्यालयमा न्यानो कपडा वितरण

Newslaya Home

बन्दी सहायताद्धारा विद्यालयमा न्यानो कपडा वितरण

बुधबार २७, कार्तिक २०७६

भद्रपुर । झापाको अर्जुनधारा–११ देउनियावस्ती स्थित जुनकिरी सार्वजनिक आधारभूत विद्यालयमा न्यानो कपडा वितरण गरिएको छ ।

मंगलबार बिहान विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीलाई जाडोबाट बच्नका लागि न्यानो कपडा, स्वीटर, झोला साथै शैक्षिक सामग्री वितरण गरिएको हो ।

हङकङमा रहेका नोर्वु शेर्पाले सौजन्य गरेका सामाग्रीहरु वल्र्ड चिल्ड्रेन पुरस्कारबाट सम्मानित समाजसेवी तथा बन्दी सहायता नेपालकी संस्थापक इन्दिरा रानामगरले वितरण गरेकी हुन् ।

विद्यालयमा पढ्ने अधिकांश विद्यार्थी दैनिक ज्यालादारी गर्ने कृषि मजदुर, रिक्सा चालक तथा भ्यान चलाउने यातायात मजदूर र सुकुम्बासी परिवारका छोराछोरी रहेका छन् ।
कक्षा ५ सम्ममा कारागारमा रहेका कैदीबन्दीकाको सन्तान मध्ये १७ जना विद्यार्थीले अध्ययन गर्ने भएकाले उनीहरु सहित ३०० विद्यार्थीलाई स्वीटर, झोला र शैक्षिक सामग्री वितरण गरिएको छ ।