झापामा पग्ला पुलको उद्घाटन

Newslaya Home

झापामा पग्ला पुलको उद्घाटन

बुधबार २७, कार्तिक २०७६

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका–३ स्थित पग्ला पुलको उद्घाटन गरिएको छ ।

मङ्लबार प्रदेश सांसद बृख प्रदान र अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाको उपस्थितिमा उक्त पुलको उद्घाटन गरिएको हो । 

अर्जुनधारा नगरपालिकाका–३ का वडाध्यक्ष जीवन कुमार भण्डारी, कार्यपालिका सदस्यहरु, होम दुलाल, सिताराम भट्टराई, दिलमाया दास, निर्मलादेवी घिमिरे, खिनमान दास, नरबहादुर कन्दङ्वा, दिब्य प्रसाद कट्टेल, तुलशि खतिवडा, दीपक चापागाईं लगायतको उपस्थितमा भएको उद्घाटन समारोका बीच बोल्दै प्रमुख अतिथि तथा प्रदेश सांसद प्रदानले स्थानीय उपभोक्ताहरुको उत्साहजनक सहभागिताका कारण सस्तो लागतमा पुल निमार्ण गर्न सफल भएको भन्दै निमार्ण समितिको प्रंशसा गरेका थिए ।

प्रदेश सांसद कोष बाट रु ११ लाख, अर्जुनधारा नगरपालिकाबाट रु २१ लाख र स्थानीय जन श्रमदानबाट रु ४ लाख ६ हजार ७ सय ६६ गरि कुल रु ३६ लाख ६७ हजार ६६ कुल लागतमा पग्ला पुलको निर्माण गरिएको पुल उपभोक्ता समितिका अध्यक्ष श्री जयनारायण आचार्यले जानकारी दिए ।