मोरङको वक्राहा खोलामा पुल बनाउने ठेकेदार बेपत्ता

Newslaya Home

मोरङको वक्राहा खोलामा पुल बनाउने ठेकेदार बेपत्ता

बुधबार २७, कार्तिक २०७६

मोरङ । मोरङको वक्राहा खोलामा पुल निर्माणको ठेक्का पाएको कम्पनी काम छाडेर बेपत्ता भएको छ । निर्माणको निर्धारित अवधि पूरा भएको डेढ वर्ष भइसक्दा समेत पुलको दुईतर्फ पिलर बनाउने काम मात्र सकिएको छ ।

ठेक्का लागे अनुसार २०७५ असार महीनामै पुल बनिसक्नुपर्ने भए पनि ठेकेदार कम्पनी काम अधुरै छाडेर सम्पर्कविहीन भएको सुनवर्सी–१ का अध्यक्षले बताएका छन् । ३ करोड रुपैयाँमा ठेक्का पारेको पप्पु कन्स्ट्रक्शनले नीलगिरि कन्स्ट्रक्शनलाई निर्माणको जिम्मा दिएको जनाइएको छ ।

मडिया वक्राहा खोला वर्षायाममा तर्न नसक्ने गरी उर्लन्छ । खोला तर्न बनाइएको भाटाको पुल वर्षेनि बगाउने गरेको छ । सुक्खा याममा खोलामा ह्युमपाइप राखेर काम चलाउने गरे पनि बर्खायाममा समस्या हुने गरेको छ ।