प्रधानमन्त्री ओलीको उपचार अब अमेरिकामा हुने

Newslaya Home

प्रधानमन्त्री ओलीको उपचार अब अमेरिकामा हुने

बुधबार २७, कार्तिक २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार अब अमेरिकामा हुने भएको छ । यसका निम्ति प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह शाह आवश्यक कागजातसहित अमेरिका पुगेर परामर्शमा जुटेकी छिन्।

विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई पनि कात्तिक २७ र २८ मा क्यापिटल हिलमा हुने एक कार्यक्रमका नाममा त्यतातिर लागेको भए पनि दुवैको उद्देश्य प्रधानमन्त्रीको स्वास्थ्यबारे परामर्श नै भएको बालुवाटार स्रोतले बताएको छ।

मिर्गौला प्रत्यारोपणका अनेक विधि छन् । भएकै मिर्गौलालाई नचलाई अर्को राख्न सकिने उपयबारे पनि सल्लाह भइरहेको बताइन्छ।