भोजपुर–घोडेटार सडक स्तरोन्नतिको काम अन्तिम चरणमा

Newslaya Home

भोजपुर–घोडेटार सडक स्तरोन्नतिको काम अन्तिम चरणमा

बुधबार २७, कार्तिक २०७६

भोजपुर–घोडेटार सडक स्तरोन्नतिको काम अन्तिम चरणमाभोजपुर । भोजपुर–मानेभन्ज्याङ–रानीवास–घोडेटार साढे १२ किलोमिटर सडक स्तरोन्नतिको काम धमाधम भइरहेको छ । सडक स्तरोन्नतिका लागि २०७३ सालमा पीएस किराँतेश्वर अन्जोङ वियुङ कम्पनीले १२ करोड ५० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

सडक स्तरोन्नतिको सम्झौता भएलगतै काम थालेको कम्पनीले हालसम्म ७५ प्रतिशत सम्पन्न गरिसकेको पूर्वाधार विकास कार्यालय, भोजपुरले जनाएको छ । सडक स्तरोन्नति अन्तर्गत बाटो चौडा बनाउने, टेवा पर्खाल लगाउने र ग्राभेल गर्ने काम भएको कार्यालयका प्रमुखले जानएका छन् ।

सडक स्तर उन्नतिको काम सकिएपछि दुर्गम भेगका स्थानीयलाई सदरमुकामसम्म आउन सहज हुनेछ । सडक सञ्चालन नहुँदा दक्षिणी क्षेत्रका स्थानीयवासी २ दिन लगाएर सदरमुकाम आउनुपर्ने बाध्यता थियो । सडक निर्माण अन्तिम चरणमा पुगेसँगै स्थानीय बासिन्दा उत्साहित भएका छन् ।

आयोजना अन्तर्गत भोजपुर–दिङ्ला १३ किलोमिटर सडकको काम भने ९५ प्रतिशत सम्पन्न भएको कार्यालयले बताएको छ । उक्त सडक स्तरोन्नतिका लागि ६ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।