इटहरीस्थित टोलबिकास सहकारी संस्थाको अध्यक्षमा ठमनाथ लमसाल

Newslaya Home

इटहरीस्थित टोलबिकास सहकारी संस्थाको अध्यक्षमा ठमनाथ लमसाल

सोमबार २५, कार्तिक २०७६

इटहरी । इटहरीस्थित टोलबिकास लघु उद्यम सहकारी संस्थाको अध्यक्षमा ठमनाथ लमसाल चयन भएका छन् । बार्षिक साधारण सभाको अवसरमा उनलाई अध्यक्षमा चयन गरिएको हो ।

संस्थाले उपाध्यक्षमा राजेन्द्र केशरीलाई नियुक्त गरेको छ । त्यसैगरी, सदस्यहरुमा क्रमः चक्र बहादुर कार्की, टंक प्रसाद पोख्रेल, कमला दंगाल, लक्ष्मी बराल, नवराज पौडेल, वेदनाथ भेट्वाल, भीम कुमार गीरी, राधा दाहाल भट्टराई, संजिव ढुंगाना, युवा कुमारी श्रेष्ठ, मेधराज श्रेष्ठ नियुक्त भएका छन् ।

यस्तै लेखा समिती तर्फ इन्द्र प्रसाद घिमिरे संयोजकमा र सदस्यहरुमा राजन घिमिरे र आशा शर्मा भट्टराई नियुक्त भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश १ का सांसद लिलम बस्नेतले सभाको उद्घाटन गरेका थिए ।

कार्यक्रममा संचालक समिति, बिभिन्न उपसमिति, सल्लाहकार समिति र शेयर सदस्यहरुको उपस्थिति रहेको थियो । प्रतिबेदन अनुसार संस्थाले आर्थिक बर्ष ७६/७७ मा दुई करोड रुपैया संकलन गरेको छ ।