धरानमा भोली सार्वजनिक विदा

Newslaya Home

धरानमा भोली सार्वजनिक विदा

सोमबार २५, कार्तिक २०७६

धरान । कार्तिक पुर्णिमाको अवसरमा धरान उपमहानगरपालिकाले भोली मंगलबार सार्वजनिक विदा दिने भएको छ ।

उपमहानगरपालिकाले विदा सम्बन्धी सोमबार एक सुचना जारी गर्दै नगर कार्यपालिकाको कार्यालय र मातहतको सम्पुर्ण कार्यालयहरु बन्द हुने जानकारी दिएको हो ।

कार्तिक पुर्णिमाको दिन बराहक्षेत्र मन्दिरमा भव्य मेला लाग्ने गर्छ । कोकाह र कोशी नदीको संगममा स्नान गर्ने र बराहको दर्शन गर्नेहरुको घुइचो लाग्ने गर्छ ।