भारतीय विस्तारवाद विरुद्ध वुद्धिजिवीहरुको मैनबत्ति जुलुस

Newslaya Home

भारतीय विस्तारवाद विरुद्ध वुद्धिजिवीहरुको मैनबत्ति जुलुस

सोमबार २५, कार्तिक २०७६

धरान । धरान क्षेत्रमा रहेका बाम बद्धिजिवी वर्गले भारतले आफ्नो राजनीतिक नक्सामा नेपाली भूगोल समावेश गरेको विरोधमा सोमबार साँझ मैनबत्ति जुलुस गरेको छ ।

बाम बुद्धिजिवी डा. रमेश घिमिरेको संयोजनमा भारतीय विस्तारवादको विरुद्ध विभिन्न नाराहरु लेखिएको प्ले कार्डसहित धरानको छाताचोकदेखि भानुचोकसम्म मैनबत्ति बालेर ¥याली गरि भानुचोकमा कोणसभा गरेको थियो ।

कोणसभालाई सम्बोधन गर्न नेकपाका तर्फबाट धरान उपमहानगरका मेयरका प्रत्यासी प्रकाश राईसमेत उपस्थित भएका थिए । उनले भारतको हेपाहा प्रवृति प्रति बाम बृद्धिजीवीहरुको खवरदारी उल्लेखनीय भएको बताए । उनले भारतसँगको सीमा विवाद नेकपा नेतृत्व सरकारले कुटनिकै पहल गर्ने बताउदैं भारतसँग सीमाबारे छलफलको तयारी भएको जानकारी दिए ।

कोणसभालाई बाम बुद्धिजिवी प्राडा भीम खतिवडा, प्राध्यापक उद्धव श्रेष्ठ, रुक्मणी मास्केलगायतले सम्बोधन गरेका थिए । कोणसभाको संचालन देबेन्द्र कार्कीले गरेका थिए ।