एसओएस स्कुलका बालबालिकाहरुले पढाए महिलाहरुलाई

Newslaya Home

एसओएस स्कुलका बालबालिकाहरुले पढाए महिलाहरुलाई

सोमबार २५, कार्तिक २०७६

इटहरी । एसोएस हर्मन माइनर विद्यालयका बालबालिकाले सामाजिक स्वास्थ्य सम्बन्धी कार्यक्रम सम्पन्न गरेका छन् । कक्षा सातमा अध्यायनरत विद्यार्थीहरुले आफुले जानेका कुराहरु इटहरी–१७ लविपुरका महिलाहरुलाई जानकारी दिएका हुन् । विद्यालयका प्रध्यानाध्यापन सान्तिराम तिमल्सीनाको नेतृत्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका संयोजक दामोदर बरालका अनुसार समुदायका पिछडिएका महिलाहरुलाई धुम्रपान, मध्यपान, पौष्टिक खानेकुरा, हात धुने विधि, शारिरिक सरसफाई तथा सरुवा रोगको बारेमा ४० जना विद्यार्थीले जानकारी दिएका हुन् । कार्यक्रममा चौधरी समुदायका महिलाको सहभागीता रहेको थियो भने सहभागिलाई हात धुने तथा नुहाउने साबुन वितरण गरिएको थियो ।

विद्यालयले यस्तै प्रकारका विभिन्न कार्यक्रम नियमित रुपमा गर्दै आएको छ ।