मुख्यमन्त्री राईको प्रमुख स्वकीय सचिवमा धरानका पुर्वविद्यार्थी नेता नियुक्त

Newslaya Home

मुख्यमन्त्री राईको प्रमुख स्वकीय सचिवमा धरानका पुर्वविद्यार्थी नेता नियुक्त

सोमबार २५, कार्तिक २०७६

धरान । प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईको प्रमुख स्वकीय सचिवमा धरान–१६ का पुर्व विद्यार्थी नेता नवराज राई नियुक्त भएका छन् ।

उनलाई मुख्यमन्त्री शेरधन राईले कार्तिक २१ गतेदेखि लागु हुने गरी स्वकीय सचिवमा नियुक्त गरेका हुन् । यसअघि राई प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चालनमा आएको म अघि बढ्छु कार्यक्रमको संयोजक थिए । उनले १ नं प्रदेशका १४ वटै जिल्लामा यो कार्यक्रम पुर्याउन र सगरमाथा टिन्स क्लब गठन गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए ।

अंग्रेजी बिषयमा स्नातकोत्तर गरेका राई म अघि बढ्छु कार्यक्रमको संयोजक हुनुअघि क्याम्पसमा प्रध्यापन गर्ने गरेका थिए । उनी तत्कालिन एमालेसम्बद्ध अनेरास्ववियुका पुर्वकेन्द्रीय सदस्य हुन् । उनी एक कार्यकाल एमालेको धरान नगर कमिटि सदस्य पनि भएका थिए ।