उपसभामुख तुम्बाहाङ्फेलाई मन्त्री बनाउने सरकारको तयारी

Newslaya Home

उपसभामुख तुम्बाहाङ्फेलाई मन्त्री बनाउने सरकारको तयारी

सोमबार २५, कार्तिक २०७६

काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनका विषयमा नेकपामा छलफल सुरु भएको छ । भदौयता मन्त्री हेरफेरको चर्चा चल्दै आए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै एक्सन लिएका थिएनन् । प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार मन्त्री हेरफेरको विषयमा गम्भीर छलफल भएको छ ।

बालुवाटार स्रोतका अनुसार कम्तीमा आठ मन्त्री फेर्ने तयारी छ । शिवमाया तुम्बाहाङ्फेलाई उपसभामुख पदबाट राजीनामा गराएर मन्त्री बनाउन दुवै अध्यक्ष एकमत देखिएका छन् । प्रधानमन्त्रीले प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू फेरबदलको संकेतसमेत गरेको स्रोतले जनाएको छ ।

सरकारलाई नयाँ शिराबाट जनअपेक्षाअनुसार अगाडि बढाउने आफ्नो चाहना प्रधानमन्त्री ओलीले सुनाएका थिए । सरकारलाई नयाँ गति दिन पनि मन्त्री हेरफेरको समय आएको र त्यसको तयारीमा आफू रहेको उनको भनाइ थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा दुई अध्यक्षसँग गृहमन्त्री रामबहादुर थापा पनि सहभागी थिए ।