इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीविरुद्ध लिभरपुलको सानदार जित

Newslaya Home

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीविरुद्ध लिभरपुलको सानदार जित

सोमबार २५, कार्तिक २०७६

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा घरेलु टोली लिभरपुलले म्यानचेस्टर सिटीलाई ३–१ गोलले पराजित गरेको छ ।

लिरभपुलको जितमा फाविन्हो, मोहम्मद सलाह र साडियो मानेले गोल गरे । त्यस्तै, लिभरपुलका लागि बेर्नान्डो सिल्भाले गोल फर्काएका थिए ।

पहिलो हाफमा दुई गोलले अघि रहेको लिभरपुलले दोस्रो हाफमा थप एक गोल गर्दा एक गोल खान पुगेको थियो । खेलको छैटौं मिनेटमा नै फविन्होले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । त्यस्तै, खेलको १३ औं मिनेटमा मोहम्मद सलाहले गोल गरेपछि लिभरपुल पहिलो हाफसम्म २–० गोलले अघि रह्यो ।

खेलको ५१ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई ३–० को अग्रतामा पुर्‍याए । खेलको ७८ औं मिनेटमा सिल्भाले गोल फर्काए पनि सिटीले लिभरपुलसँग ३–१ गोलको हार ब्यहोरेको हो ।

जितसँगै लिड लिडर लिभरपुलको १२ खेलबाट ३४ अंक भएको छ भने पराजित सिटीको भने १२ खेलबाट २५ अंक छ ।