फेसबुक विरुद्ध जातीय विभेदको आरोप

Newslaya Home

फेसबुक विरुद्ध जातीय विभेदको आरोप

सोमबार २५, कार्तिक २०७६

काठमाडौं । फेसबुकका कर्मचारीहरुले बेनामी ब्लग पोष्टहरुमार्फत आफुहरुमाथि जातीय रुपमा विभेद भएको गुनासो गरेका छन् । कार्मचारीले गुनासो गरेसँगै फेसबुकले माफी मागेका छ ।

फेसबुक कम्पनीमा काला, हिस्पानिक र एसियाली महिला कर्मचारीहरुमाथि जातिय रुपमा भेदभाव हुने गरेको ती कर्मचारीहरुको गुनासो छ ।

फेसबुकको कर्पोरेट सञ्चार विभागका उपाध्यक्ष बेर्टी थोम्सनले विज्ञप्तीमा भनेका छन्, ‘फेसबुक मात्र होइन कहीँ कतैपनि कसैलाई यस्तो व्यवहार सैह्य हुन सक्दैन । हामी दुखी छौँ । यो व्यवहार एउटा कम्पनीको रुपमा हामीले राख्ने मान्यता भन्दा विपरित हो । हामीले निरन्तर गुनासोहरु सुन्दै सुधारका लागि कडा मेहेनत गरिरहेका छौँ ।’

फेसबुकका ती वर्तमान तथा पूर्व कर्मचारीहरुले आफ्ना ब्लग पोष्टहरुमा फेसबुकमा काम गर्दा म्यानेजरहरु, जनसम्बन्ध व्यवसायिक साझेदार तथा गोरा सहकर्मीहरुबाट हुने व्यवहार सम्बन्धी आफ्ना अनुभव लेखेका थिए ।

साथै उनीहरुले ब्लग पोष्टमा आफूहरुले नाम नखुलाउनुको कारण समेत उल्लेख गर्दै फेसबुकमा गोरा बाहेकका कर्मचारीहरुले आफ्नो गुनासो सुनाउँदा आफ्नो जागिरको सुरक्षाका बारेमा चिन्ता गर्नुपर्ने अवस्था रहेको बताएका छन् । फेसबुकमा जिम्मेवारी, मूल्यांकन तथा समीक्षाका विषयमा गोरा र अन्य वर्णका कर्मचारीहरुबीच समता नभएको पनि उनीहरुले बताएका छन् ।

फेसबुकमा अन्याय हुँदाहुँदै पनि आफुहरुसँग श्रोतको अभावमा फेसबुक विरुद्ध कुनै कदम चाल्न नसक्ने अवस्थामा रहेको पनि ती कर्मचारीहरुले बताएका छन् । फेसबुकमा आन्तरिक रुपमै समस्यामा परिरहेको बेला बाह्य रुपमा समेत समस्या पर्ने जोखिम उठाउन आफुहरुले नचाहेको उनीहरुको भनाई छ ।