विवाह हुनुभन्दा केही समयअघि एक इन्जिनीयरले गरे आत्महत्या

Newslaya Home

विवाह हुनुभन्दा केही समयअघि एक इन्जिनीयरले गरे आत्महत्या

आइतबार २४, कार्तिक २०७६

काठमाडौं । भारतको हैदराबादमा एक सफ्टवेयर इन्जिनीयरले विवाह हुनुभन्दा ठीक आधा घण्टाअघि आत्महत्या गरेका छन् ।

मेदचल जिल्लाको कोम्पाल्लीमा इन्जिनीयर एन एस सन्दीपले विवाह अघि आत्महत्या गरेका हुन् । त्यतिखेर उनको परिवार र दुलही विवाह मण्डपमा उनको प्रतीक्षा गरिरहेका थिए ।

प्रहरीका अनुसार, दुलाहा सन्दीप मेकअप कोठामा गए । उनी त्यहाँ एक्लै थिए । उनी निकै बेरसम्म पनि नआएपछि उनका आफन्तले ढोकामा लगातार हिर्काए । कुनै प्रतिक्रिया नआएपछि उनीहरूले ढोका फोरे । ढोका फोरे हेर्दा सन्दीपले सीलिङ फ्यानमा झुण्डेर आत्महत्या गरिसकेका थिए ।

सन्दीप हैदराबादको दिलसुखनगर क्षेत्रमा बस्थे । उनले किन यस्तो कदम चाले भन्ने कारण थाहा हुन सकेको छैन ।

प्रहरीले सन्दीपको आत्महत्याको कारण पत्ता लगाउनका लागि अनुसन्धान जारी रहेको बताएको छ ।