जनकपुरमा जलाइयो मोदी र ओलीको पुत्ला

Newslaya Home

जनकपुरमा जलाइयो मोदी र ओलीको पुत्ला

आइतबार २४, कार्तिक २०७६

जनकपुरधाम । भारतले आफ्नो नयाँ नक्सामा नेपालको भूभाग समेटेको र नेपालका प्रधानमन्त्री चुप लागेर बसेको भन्दै आइतबार जनकपुरधाममा भारतका प्रधानमन्त्रधी नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाइएको छ ।

मोहन बैद्य नेतृत्वको नेकपा माओवादी (क्रान्तिकारी) र जनगणतान्त्रिक मोर्चा धनुषाका नेता÷कार्यकर्ताले स्थानीय जनक चोकमा ओली र मोदीको पुत्ला जलाएका हुन् ।

भारतले नेपाली भूभागलाई जोडेर नक्सा सार्वजनिक गरिरहँदा समेत प्रधानमन्त्री ओली चुप लागेर बसेपछि दुबैको पुत्ला जलाइएको नेकपा माओवादी (क्रान्तिकारी) का धनुषा सेक्रेटरी शितल कर्णले बताए ।

प्रधानमन्त्रीले उक्त विषयमा चासो नलिए कडा आन्दोलनमा उत्रने उनीहरुले चेतावनी दिएका छन् ।