अक्षयकुमारको डेब्यु म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

Newslaya Home

अक्षयकुमारको डेब्यु म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

आइतबार २४, कार्तिक २०७६

मुम्बई । बलिउड अभिनेता अक्षयकुमारको डेब्यु म्युजिक भिडियो ‘फिलहाल’सार्वजनिक भएको छ ।

सार्वजनिक भिडियोमा अक्षय र कृति सैननकी बहिनी नुपुरको रोमान्स देखाइएको छ । बी प्राकको स्वर रहेको गीत एक अधुरो प्रेमकथामा आधारित छ ।

यो भिडियोको सुटिङ समयको तस्बिर पनि सोसल मिडियामा भाइरल भएको थियो । गीत रिलिज भएको दोस्रो दिनमै दुई करोड १४ लाखभन्दा धेरै पटक हेरिएको छ ।

अक्षयले बक्स अफिसमा मात्र नभई अब म्युजिक इन्डष्ट्रिजमा पनि तहल्का मच्चाउने भएका छन् ।