इटहरीमा कुहिएको अवस्थामा एक व्यक्तिको शव फेला

Newslaya Home

इटहरीमा कुहिएको अवस्थामा एक व्यक्तिको शव फेला

आइतबार २४, कार्तिक २०७६

इटहरी । इटहरीमा कुहिएको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ । इटहरी–२० स्थित पनिपिया जंगल छेउमा अन्दाजी ३०/३५ बर्षको पुरुषको शव दुर्गन्धित अबस्थामा फेला परेको हो ।

उनको पहिचान खुल्न नसकेको र घटनास्थलमा प्रहरी टोली पुगिसकेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।