भारतीय विस्तारवाद विरुद्ध इनरुवामा विरोध प्रर्दशन

Newslaya Home

भारतीय विस्तारवाद विरुद्ध इनरुवामा विरोध प्रर्दशन

आइतबार २४, कार्तिक २०७६

इटहरी । सुनसरीको इनरुवामा समेत भारत सरकार विरुद्ध बिरोध प्रर्दशन गरिएको छ ।

नेपाली भूभाग कालापानीको मुद्धालाई लिएर देशभर आन्दोलन भइरहँदा इनरुवामा समेत भारतीय विस्तारवाद विरुद्ध प्रर्दशन गरिएको हो ।

आइतबार इनरुवाको शान्तिचौकबाट स्थानीय युवाहरुको अगुवाईमा भारत बिरोधी नाराबाजी सहितको र्याली निकालिएको थियो ।
नगरवासीहरुको सक्रिय सहभागिता रहेको उक्त विरोध र्याली बसचौकमा पुगी कोण सभामा परिणत भएको हो । र्यालीमा सहभागीहरुले कालापानी नेपालकै भएकाले भारतको दादागिरी तोड्न राष्ट्रिय एकताको खाँचो रहेको बताएका छन् ।

केहिबेर पूर्व पश्चिम राजमार्ग खण्डमा अवरोध समेत गरेका इनरुवाबासीले भारतीय नक्सा सच्याउन नेपाल सरकारले उचित प्रमाण र दस्तावेजका आधारमा तत्कालै बाट आवश्यक कुटनैतिक पहल चाल्नु पर्ने माग समेत गरेका छन् ।

हालै लिपुलेक, कालापानी सहितका नेपाली भूभागमा भारतले विवादित नक्सा जारी गरेपछि नेपाल भर भारत विरोधी अभियान जारी रहेको छ ।