१५ हजार घुस लिँदै गरेका नायब सुब्बा पक्राउ

Newslaya Home

१५ हजार घुस लिँदै गरेका नायब सुब्बा पक्राउ

आइतबार २४, कार्तिक २०७६

काठमाडौं । जिल्ला अदालत पश्चिम रुकुमको मुसिकोटमा कार्यरत एक नायब सुब्बा घुस लिँदै गर्दा पक्राउ परेका छन् ।

आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको टोलीले नायब सुव्बा रमेशकुमार खड्कालाई रंगेहात पक्राउ गरेको हो ।

पन्ध्र हजार नदिईकन कागजपत्र नदिने भनी सेवाग्राहीलाई दुःख दिएपछि सेवाग्रहीले अख्तियारमा खबर गरेका थिए ।

अदालतबाट फैसला भईसकेको मुद्दामा मालपोत कार्यालयलाई जग्गा दाखिल खारेज दर्ता पुर्जी उपलब्ध गराउनु पर्नेमा नगराई पटक–पटक मोलमोलाई गरी साठी हजार घुस रकमको बार्गेनिङ गरेका उनलाई सूचनाको आधारमा रुकुम पश्चिम मुसिकोट नगरपालिका–१ खलंगा स्थित, राप्ती होटल एण्ड लज अगाडिबाट घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको आयोगका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।