चिलीकी मेयर पत्रकारको प्रश्नमा जवाफ दिन नसक्दा भागिन् (भिडियो सहित)

Newslaya Home

चिलीकी मेयर पत्रकारको प्रश्नमा जवाफ दिन नसक्दा भागिन् (भिडियो सहित)

आइतबार २४, कार्तिक २०७६

चिली । चिलीकी एक मेयरले पत्रकारको प्रश्नको जवाफ दिन नसकेर भाग्दै गरेको भिडियो सार्वजनिक भएको छ ।

गत बिहीबार पत्रकारहरुले सान्टियागो डि चिलीस्थित प्रोभिडेन्सिया कम्युनकी मेयर इभिलिन म्याथीलाई अप्ठेरो प्रश्न गर्दा दौडिएर भागेको भिडियो सार्वजनिक भएको हो ।
म्याथीले चिलीमा हालैका दिनसम्म जारी रहेको आन्दोलनको विषयमा सरकारले प्रदर्शनलाई नियन्त्रणमा लिन नसकेको भन्दै आलोचना गरेकी थिइन् ।

म्याथीको उक्त भिडियो सार्वजनिक भए पश्चात मानिसहरुले हास्यास्पद रहेको बताइ रहेका छन् । हेर्नुहोस् भिडियो ।