नागरिकताको प्रमाणपत्र हेरेर वैवाहिक काम गर्ने पण्डितहरूको प्रतिबद्धता

Newslaya Home

नागरिकताको प्रमाणपत्र हेरेर वैवाहिक काम गर्ने पण्डितहरूको प्रतिबद्धता

आइतबार २४, कार्तिक २०७६

जाजरकोट । विवाहमा केटाकेटीको नागरिकताको प्रमाणपत्र हेरेर मात्र काम गर्ने पण्डितहरूले प्रतिबद्धता जनाएका छन् ।

जाजरकोट जिल्लामा बालविवाह गर्नेको सङ्ख्या दिनदिनै बढ्न थालेपछि प्रहरीसँगको सहकार्यमा पण्डितहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

जिल्लाका १५ पुरोहितको सहभागिता रहेको प्रशिक्षणमा बालविवाहले आमा र शिशुको स्वास्थ्यमा देखापर्न सक्ने असर साथै रोजगारीमा पर्ने असर र नियन्त्रणका उपायबारे छलफल गरिएको थियो ।
उमेर नपुग्दै बालविवाह गर्ने र त्यसैका कारण घरेलु हिंसा, बहुविवाह, सम्बन्धविच्छेद लगायतका घटना बढ्दै गएको बारेमा प्रहरीद्धारा आयोजित प्रशिक्षण कार्यक्रममा पुरोहितहरुले यस्तो प्रतिबद्धता गरेका हुन् ।

विवाह गराइदिनुअघि जन्मदर्ता र नागरिकताको प्रमाणपत्र हेरेर मात्र विवाहको काम गर्न पण्डितहरु सहमत भएको यदि यसो नगरिए कारवाही भोग्नुपर्ने बताइएको छ ।
सामाजिक परम्पराअनुसार पुरोहित बोलाएर विधिपूर्वक सिन्दूर हालेपछि विवाहले वैधता पाउने चलन बढेकाले यसलाई चिर्न उक्त अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताए ।