सुविद गुरागाईंको ‘नलाएको माया’ सार्वजनिक (भिडियोसहित)

Newslaya Home

सुविद गुरागाईंको ‘नलाएको माया’ सार्वजनिक (भिडियोसहित)

आइतबार २४, कार्तिक २०७६

काठमाण्डौ । पूर्वका पत्रकार एवम गजलकार सुविद गुरागाईको ‘नलाएको माया’ एल्बम सार्वजनिक भएको छ । माता परिवारको निर्माण तथा किरण क्रिएसनको प्रस्तुतिमा बनेको यो एल्बम नयाँ नेपाली आधुनीक गजलमा आधारित छ ।

‘नलाएको माया’ एल्बममा ७ वटा गीत समावेश छन् । जसमा नलाएको मायाले झन् रुवायो बरी, लहर आयो गयो मनमा छोएर हल्का, माया सम्झी सम्झी रुन्छ्यौ बेकारमा, प्यारो घाउ एक्लै दुख्नू नदुखाउनु, माया गर्नु नगर्नु मर्जी हजुरकै, माया सम्झी सम्झी रुन्छौ बेकारमा, नलाएको मायाले झन रुवायो बरी जस्ता गीतहरू समावेश छन् ।

एल्बममा गायक उदय सोताङ, सत्यराज आचार्य, राज सिग्देल, मणि गुरुङ, सञ्जीव धिमाल, गायिका निरा रानाभाट, अस्मिता अधिकारी, बबिना भट्टराईजस्ता गायकगायिकाहरूको आवाज रहेको छ भने पारस मुकारुङ, राम धामी, राजेश थापा, दीपक शर्मा, जेबि थुलुङ जस्ता चर्चित संगीतकारहरूले संगीत दिएका छन् ।

सङ्गीतकार दीपक शर्मा साथै गायक सत्यराज आचार्यको स्वरले सजिएको यो एल्बमको टाइटल गीत ‘नलाएको माया’एकदमै मर्मस्पर्शी बनेको छ । यसमा नेपाली समाजमा भइरहेको समासामयिक विषयलाई गजलगो सुविद गुरागाईंले उतारेका छन् ।