जनसेवाको साधारण सभा सम्पन्न

Newslaya Home

जनसेवाको साधारण सभा सम्पन्न

भूमिका पाख्रिन
आइतबार २४, कार्तिक २०७६

लेटाङ । मोरङको लेटाङ नगरपालिकामा रहेको सामाजिक संस्था जनसेवा युवा क्लबले आफ्नो पहिलो साधारण सभा सम्पन्न गरेको छ ।

पहिलो साधारण सभाले राजु गौतमको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति समेत चयन गरेको छ । सो संस्था लेटाङ नगरपालिका वडा नं. ५ लाई कार्यक्षेत्र बनाएर सक्रिय रुपमा विगत १० वर्ष देखि अनवरत रुपमा सामाजिक कार्यमा सक्रिय रहेको छ ।

जिल्ला प्रशासन कार्यालयमा विधिवत दर्ता नहुँदा काम गर्न त्यति सहज नभएकोमा संस्था दर्ता भइसकेकाले अब भने अझ सक्रिय रुपमा सामाजिक कार्य गर्न उत्प्रेरणा मिलेको अध्यक्ष राजु गौतमले बताए । संस्थाले हालसम्म उत्कृष्ट विद्यार्थी सम्मान, रक्तदान, जेष्ठ नागरिक सम्मान, सांस्कृतिक कार्यक्रम, सरसफाई अभियान लगायत विभिन्न कार्यक्रम सम्पन्न गरी सकेको छ ।