काँकरभिट्टामा विषादी परीक्षण प्रयोगशाला निर्माणको तयारी

Newslaya Home

काँकरभिट्टामा विषादी परीक्षण प्रयोगशाला निर्माणको तयारी

आइतबार २४, कार्तिक २०७६

झापा । झापाको काँकरभिट्टामा विषादी परीक्षण गर्न प्रयोगशाला निर्माणको तयारी भएको छ ।

पूर्वी नेपालबाट आयात हुने मुख्य भन्सार नाका काँकरभिट्टामा विषादी परीक्षण गर्नका लागि प्रयोगशाला स्थापना गरिने भएको हो ।
भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्नका लागि भन्सार नाकामै प्रयोगशाला स्थापना गर्न लागेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

मुख्य नाकाहरुमा वीरगञ्ज, काकरभिट्टा, भैरहवा, विराटनगर, तातोपानी, केरुङ लगाएत अन्य १२ स्थानमा समेत विषादी परीक्षण गर्ने प्रयोगशाला स्थापनाको तयारी भइरहेको विभागले जनाएको छ