अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने काम सुरु

Newslaya Home

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने काम सुरु

आइतबार २४, कार्तिक २०७६

चितवन । धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको मैदानको काम सुरु भएको छ ।

रंगशालाको डीपीआर तयार भएपछि सोहीअनुसार पहिलो चरणमा मैदानको काम सुरु भएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मसले जानकारी दिएका छन् ।

रंगशालामा अहिले मैदानको ड्रेनएजको काम भैरहेको छ । मैदान ‘लो ल्याण्ड’मा रहेकोले ३.५ फिट माटो भर्ने कामलाई पनि सँगसँगै अघि बढाइएको अध्यक्ष कट्टेलले बताए । डीपीआर अनुसार मैदानको लेआउटको काम सुरु भएको छ । सोहीअनुसार मैदान बनाउन थालिएको अध्यक्ष कट्टेलले बताए ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको मापदण्डअनुसारको मैदान र पिच निर्माण गरिनेछ । पिचको स्टाण्र्डड साइज १० फिट चौडाई र ६६ फिट लम्वाईलाई मानिन्छ ।

झण्डै तीन अर्बको लागतमा बन्ने रंगशालामा ३० हजार जना अट्ने क्षमता हुनेछ । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरले भोगचलन गर्दै आएको २० विगाहा ६ कठ्ठा जग्गामा बन्ने रंगशालामा क्रिकेट स्टेडियमसँगै फुटवल मैदान, स्वीमिङ पुल र कर्भड हल पनि बनाउने योजना छ ।