बंगलादेशमा ‘बुलबुल’ आँधीका कारण चार लाख मानिसलाई सुरक्षित स्थान सारियो

Newslaya Home

बंगलादेशमा ‘बुलबुल’ आँधीका कारण चार लाख मानिसलाई सुरक्षित स्थान सारियो

आइतबार २४, कार्तिक २०७६

काठमाण्डौ । बंगलादेशमा ‘बुलबुल’ आँधीका कारण जनजीवन प्रभावित बनेको छ । आँधीबाट पर्नसक्ने जोखिमलाई मध्यनजर गर्दै चार लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको बंगलादेशी विपद व्यवस्थापन मन्त्रालयले जनाएको छ ।

कुल १८ लाख मानिसलाई सुरक्षित स्थानमा सारिने मन्त्रालयले जनाएको छ । बंगलादेशको भोला, बरगुना, पटुवाखाली, बरिसाल, पिरोजपुर, जलकाठी, बागेरहाट, खुलना र सातखिरा जिल्लाका मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।

बुलबुल आँधीले बंगलादेशको दक्षिण पश्चिमी तटीय क्षेत्र पार गरिसकेको बंगलादेशको मौसम विज्ञान विभागले जनाएको छ । आँधी करिब सय किलोमिटर प्रतिघण्टाको गतिमा बंगलादेशको उत्तरपूर्वी क्षेत्र तर्फ अघि बढिरहेको अधिकारीले जनाएका छन् ।