मोटरसाइकल दुर्घटनामा हुँदा सुन्दरहरैचामा एक जनाको मृत्यु

Newslaya Home

मोटरसाइकल दुर्घटनामा हुँदा सुन्दरहरैचामा एक जनाको मृत्यु

आइतबार २४, कार्तिक २०७६

इटहरी । मोरङको सुन्दरहरैचा–४ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सुन्दरहरैचा–८ का १९ वर्षीय बालकुमार पुरीको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ९ प ३३०० नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आँउदै गरेको को २५ प ९४५१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते पुरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।