काठमाडौँमा ‘रंगभेद विरुद्ध’ आमसभा हुने

Newslaya Home

काठमाडौँमा ‘रंगभेद विरुद्ध’ आमसभा हुने

आइतबार २४, कार्तिक २०७६

काठमाडौँ । काठमाडौँमा रंगभेद विरुद्ध आमसभा हुने भएको छ । डा.सी.के. राउतको अगुवाईमा मंसिरमा रंगभेद विरुद्धको अभियान स्वरुप सो आमसभा हुन लागेको जनाइएको छ ।

कुनै पनि व्यक्तिमाथि उसको छालाको रंगकै आधारमा विभेद हुन नहुने र यो दण्डनीय अपराध रहेकाले त्यसप्रति सचेतना जगाउनका लागि कार्यक्रम केन्द्रित हुने जनाइएको छ । आमसभाका लागि बनाईको पोस्टरमा डा. राउतलाई रंगभेद विरुद्धको अभियानका ‘महान’ अगुवाका रुपमा प्रस्तुत गरिएको छ ।

डा.सी.के.राउतको केही महिनाअघि सरकारसँग सम्झौता गरी मुलधारको राजनीतिमा आउन सहमत भएका थिए । त्यसपछि उनले जनमत पार्टी दर्ता पनि गराएका छन् ।