‘संसार जितेको नेपाली आफ्नै सीमाना मिचिदाँ किन मुर्दाझै शान्त बनेको ?’ (भिडियो)

Newslaya Home

‘संसार जितेको नेपाली आफ्नै सीमाना मिचिदाँ किन मुर्दाझै शान्त बनेको ?’ (भिडियो)

आइतबार २४, कार्तिक २०७६

इटहरी । ‘माछी मार्न जाउँ न दाज्यै कालापानीमा ...’ यो गीत ५६ सालमा रेकर्ड भएर सार्वजनिक हुँदा त्यसले राम्रै हल्ली खल्ली मच्चायो । भारतविरुद्ध बोल्नु हुँदैन भन्ने त्यतीबेलाको मानसिकताका कारण यो गीतलाई शासकहरुले सहजै पचाएनन् ।

जनताले मन पराएपनि भारतबाट निर्देशित नेपाली शासकहरुले गीतलाई रोक लगाए । टिभी, रेडियोमा गीत बज्न छाड्यो । तर भारतले ६० वर्षदेखि आँखा गाडेको कालापानी छाडेन । जसको फलस्वरुप आज कालापानी, लिपुलेक, लिम्पियान्धुरा क्षेत्रलाई भारतले नक्सामै आफ्नो बनाएको छ ।

भारतको उक्त कदमको देशव्यापी विरोध भइरहँदा न्युजलयले कालापानी गीतका लेखक विजय श्रेष्ठलाई भेटेको छ । सुनसरीको इनरुवामा बस्दै आएका श्रेष्ठले कालापानी मात्र होइन, ज्ञानबहादुृर छोरो, एकता नै बल हो जस्ता राष्ट्रभक्तिपूर्ण गीत लेखेका थिए । जसलाई उनका छोरा विधान श्रेष्ठले गाएका थिए । ती गीत भने तात्कालिन पञ्चहरुको कोपभाजनमा पर्यो ।

पञ्चको मखुण्डो लगाएका प्रपन्चहरुले गीत नरुचाएको र प्रतिबन्ध लगाइदिएको उनी बताउँछन् ।

पन्चहरुले राजा र प्रजाबिच पर्खाल उभ्याएर कहिले पनि राजा र प्रजालाई भेट हुनै नदिएको उनको भनाई छ । ‘त्यसले राजा पनि बिटुलियो, जनता पनि एक्लियो,’ उनी भन्छन् ।

पञ्चायत व्यवस्थामै राष्ट्रियता हराउँदै गएको अनुभव गरेका श्रेष्ठले त्यसपछि नै अन्य भावनाको गीत लेख्न छाडेर त्यतीखेर देखि नै राष्ट्रिय गीत लेख्न थालेको बताए ।

नेपालका नेताहरु देशप्रति बफादार नभएको उनको गुनासो छ । नेतामात्र होइन, नेपाली नागरिक पनि त्यती जागरुक नदेखिएको उनको अनुभव छ ।

नेपालीहरुले आफ्नो राष्ट्रियता जोगाउन नसकेको उनी बताउँछन् । विश्वमा इतिहास बनाउने नेपालीहरु अहिले आफ्नै राष्ट्रियताको सवालमा चुप बसेको उनको आरोप छ । सोध्छन्, ‘आफ्नो राष्ट्रियताको लागि कुन देशले थकाइ मारेको छ नेपालबाहेक ? किन यसरी मुर्दा झै शान्त बनेको हो ?’

1 प्रतिकृयाहरू प्राप्त
  • Achutलेख्नुहुन्छ
  • |
  • आइतबार २४, कार्तिक २०७६
Astir rajnitik karmi ra durdristi narakna agaraj neta ju and hami janata pani..